दोलखा, २४ असोज । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखामा प्रदेश सभाक (क)मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले टिकट पाएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ। युवाहरुको लोकप्रिय नेताको रुपमा परिचित काफ्ले चुनावमा उम्मेदवार भए सगै पार्टीप्रति आकर्षण बढ्नुका साथै निर्वाचन जित्न समेत सहज हुने जिल्ला स्तरका नेताहरुको समेत आँकलन रहेको छ ।
२०६२/०६३ को १९ दिने जनआन्दोलनमा सवैभन्दा सञ्चार माध्यममा गुञ्जने नाम हो, गगन थापा, प्रदीप पौडेल, कुन्दन काफ्ले र रामकुमारी झाक्री । तत्कालिन समयमा गगन, प्रदीप र कुन्दनहरु कांग्रेस निकट नेपाल विद्यार्थी संघ र रामकुमारी झाक्री एमाले निकट अखिलबाट विद्यार्थीहरुको नेतृत्व गर्दै लोकतन्त्रको राँको बालेर सडक आन्दोलन छेड्थे ।
तत्कालिन ज्ञानेन्द्र विरविक्रम शाह नेतृत्वको शाहि सरकारले जनआन्दोलन ताका सवैभन्दा बढि पक्राउ गरेका नामहरु गुगलमा खोजियो भने यी नामहरु अहिले पनि सजिलै भेट्न सकिन्छ । १९ दिने जनआन्दोलनबाट जन्मीएका तिनै विद्यार्थी नेताहरु गगन र रामकुमारी पटक—पटक सांसद र एक÷एक पटक मन्त्री बनिसकेका छन् । कुन्दन भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
यी नेताहरुमध्ये हक्की स्वभावका प्रभावशाली नेता कुन्दनराज काफ्ले जनआन्दोलनमा सवैभन्दा बढि यातना भोगेका नेता हुन् । तत्कालिन ज्ञानेन्द्र सरकारले ०६२ माघ १९ गते कुन्दनलाई पक्राउ गरेर हेलिकोप्टरमा नुवाकोटको ककनी पुर्याएको उनी अहिले पनि सम्झनछन् ।
राजाबाट कुन्दन खतरामा परेको थाहा पाउने वित्तिकै तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले उनलाई रातारात बोर्डर क्रश गराए । आन्दोलन छेड्न निरन्तर सडकमा हुदाँ खतरा भएपछि काफ्ले कोइरालाको सल्लाह मै प्रवासिन बाध्य भए । जनआन्दोलनमा लागेका उनको शरिरका कतिपय घाउका डोवहरु अहिले पनि निको भइसकेको छैन ।
यस्तो छ नेता काफ्लेको राजनीतिक पृष्ठभूमि
पशुपति क्याम्पस स्ववीयू सदस्य–२०५५
पशुपति क्याम्पस स्ववीयू सचिव–२०५७
पशुपति क्याम्पस स्ववीयू सभापति–२०६०
नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य–२०६१
नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य कोषाध्यक्ष–२०६४
नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री–२०७३
१२ औं महाधिवेशनमा प्रतिनिधि
१३ औं महाधिवेशनमा जिल्ला सभापतिको आकांक्षी
१४ आंैं महाधिवेशनमा केन्द्रीय सदस्य