Logo

ललितपुर–२ बाट दन्त चिकित्सक शाक्यले गरे उम्मेदवारी दर्ता



काठमाडौं,असोज २४ । आगामी मंसिरमा हुने निर्वाचनका लागि दन्त चिकित्सक सुदिन शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । शाक्यले ‘लौरो चिन्ह’बाट ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उनले आईतबार मनोनयन दर्ता गराएका हुन् ।

बिक्रम संम्बत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा पिता सिद्धि राज शाक्य र माता ज्ञानी मैजु शाक्यको तेश्रो सन्तानको रुपमा जन्मिएका शाक्य सानै उमेरदेखि समाज सेवा रुची राख्दै आएका छन् ।

को हुन् दन्त चिकित्सक सुदिन शाक्य
बि.स.२०४८ सालमा अरनिको माध्यमिक बिद्यालय खुमलटारबाट एस.एल.सी पास गरेका शाक्यले आफ्नो अध्ययनलाई निरन्तरता दिन बिक्रम संम्वत २०४९ सालमा अस्कल क्याम्पसमा भर्ना भए । अस्कल क्याम्पसबाट आई.एस्सी पुरा गरेर आफ्नो पढाई दन्त चिकित्सा तिर अगाडी बढाए ।

साउथ वेस्टर्न युनिभर्सिटी सिबु सिटी फिलिपिन्समा अध्ययनलाई निरन्तरता दिईरहँदा त्यहाँ रहेका नेपाली तथा अन्य बिदेशी बिद्यार्थीहरुको स्वास्थ्य तथा इमिग्रेसनको समस्याहरुको समाधानमा अग्रगामी भुमिकामा रहेर काम गरे । सन १९९८ मा २ बर्षको लागी foreign student union (FSU) को अध्यक्षमा उनी चुनिए । त्यसपश्चात बिभिन्न रोट्री क्लव संग मिलेर बिभिन्न मानविय काममा अग्रसर लाई निरन्तरता दिए ।

समाजसेवालाई निरन्तरता दिदै रोट्री क्लव अफ एलप्रा¥डो डि सिबु बाट सम्मान प्राप्त गरि ब्लड डोनर सोसाईटि बाट अवार्ड समेत प्राप्त गरेका थिए । सन २००१ मा साउथ वेस्टर्न युनिभर्सिटी सिबु सिटी फिलिपिन्सको दिक्षान्त समारोहमा Best foreign Student Award  (बेष्ट फरियन स्टुडेन्ट अर्वाड) बाट दिक्षित बनेका शाक्यमा समाज सेवामा थप उर्जाशिलता साथ लाग्ने अठोट थपिदै गयो ।

दन्त चिकित्सकको डिग्री हात पारेर सन २००१ मा नेपाल फर्किए लगत्तै नेशनल डेन्टल अस्पतालमा काम गर्ने अवसर प्राप्त गरेका थिए । संगसंगै उनलाई रोटरी क्लव अफ पाटन साउथ मा समेत सदस्यता प्राप्त गर्ने अवसर शाक्यलाई प्राप्त भयो । लगत्तै उनलाई नेपाल ओरल हेल्थ अवार्नेश प्रोग्रामको फिल्ड कोअर्डिनेटर जिम्मेवारी प्राप्त भएपछि देशभरका बिभिन्न बिद्यालय र समुदायमा मुख दन्त तथा स्वास्थ्य जनचेतना फैलाउन लागीपरिरहे ।

सन २००३ मा अर्चना वर्जाचार्य संग बैवाहिक सम्वन्धमा गासिएका शाक्यको पारिवारीक साथ र सहयोगले समाजसेवा तथा स्वास्थ्य सेवामा थप अग्रसर हुन प्रोत्साहन मिलि नै रह्यो ।

यत्तिकैमा उनको समाजसेवामा हात रोकिएन सन २००९ देखि २०१२ सम्म नेशनल डेन्टल अस्पतालको कार्यकारी निर्देशकको भुमिकामा रहेर आफ्नो कर्ममा बिश्वास गर्दै निरन्तर स्वास्थ्यका क्षेत्रमा रहेर बेथिती र बिसंगतीहरुलाई चिरफार र सहि बाटोमा डो¥याउन प्रयास गर्दै समाजसेवामा लागीरहे । शाक्यले सन २०१० मा कपिलबस्तुमा इन्टरनेशनल बुद्धिष्ट सोसाईटी संगको सहकार्यमा लुम्बिनी सामुदायिक डेन्टल क्लिनिकको सुरुवात गरेका थिए । संगसंगै शाक्य रोटरी क्लव अफ पाटन साउथको अध्यक्ष भए ।

जनयुद्धको मध्य समयमा पनि देशका बिभिन्न स्थानमा पुगेर स्वास्थ्य क्लिनिक सञ्चालन गर्नु निकै चुनौतीपुर्ण थियो तरपनि त्यसको कुनै प्रवाह नगरी समाजसेवा लाई आफ्नो कर्म मान्ने शाक्यले करिब १५० बटा भन्दा बढि दन्त तथा स्वास्थ्य र जनचेतनामुलक शिबिरहरु सञ्चालन गरी एक लाख भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुन पुगेका छन ।

सन २०१२ देखि २०१४ सम्म २ बर्षको लागी नेपाल डेन्टल एसोसियसनको अध्यक्ष पदमा निर्वाचित भए । त्यससंगै नेपाल मेडिकल काउन्सिलको पदेन सदस्य र उनकै कार्यकालमा पहिलो अन्तराष्ट्रिय डेन्टल सम्मेलन गरि देश तथा बिदेशमा समेत स्वास्थ क्षेत्रमा बिभिन्न योगदान पु¥याएका थिए । स्वास्थ्य क्षेत्रमा थप जिम्मेवारी र मुख्य भुमिकामा रहेका उनी सन २०१४ देखि हालसम्म एसिया प्यासिफिक डेन्टल फेडेरेशनको काउन्सिल मेम्वर समेत रहेका छन । शाक्यले आफुले सिकेको सिप अरु देश तथा बिदेशमा गएर समेत सिकाउने काममा निरन्तरता दिदै आएका छन ।

पेशागत रुपले शाक्य दन्त चिकित्सकको रुपमा धेरै संस्थाहरुसंग जोडिएर समाजसेवालाई अगाडी बढाईरहेका छन । बि.स. २०७२ सालदेखि Nepalese Society Of Multi-Disciplinary Dentistry को अध्यक्षको भुमिकामा रहदै आएका छन । बिशेषगरी शाक्यले युवा तथा व्यवसायीक पेशामा आबद्ध भएकाहरुलाई आफुले सिकेको ज्ञान सिकाउने र व्लड डोनेशनका बिभिन्न क्याम्पिएनको संयोजनमा सक्रिय रहदै आएका छन ।



प्रतिक्रिया दिनुहोस्