Logo

अनलाइन भुक्तानीलाई प्राथमिकता दिँदै प्राधिकरण, शनिबार महसुल काउन्टर बन्द हुने



काठमाडौं, २४ असोज । अब अनलाइन भुक्तानीलाई प्राथमिकता दिन विद्युत प्राधिकरणका महसुल संकलन काउन्टर शनिबार बन्द हुने भएका छन् । प्राधिकरणले केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको थियो ।

प्राधिकरणले एक सूचना जारी गर्दै कात्तिक महिनादेखि शनिबार यस्ता काउन्टर नखुल्ने जानकारी दिएको हो । प्राधिकरणले अहिले हरेक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

विद्युत् महसुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबारका दिनमा सञ्चालन गरिँदै आएको विद्युत् महसुल संकलन काउन्टर हाल खोलिराख्न आवश्यक नदेखिएकाले १ कात्तिकदेखि लागू हुनेगरी बन्द हुने जानकारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्