
काठमाडौं, २४ असोज । चर्चित नायिका तथा समाजसेवी एलिजा गौतम प्राइम टिभीको निर्देशकमा नियुक्त भएकी छिन् । हालै क्यानडाबाट नेपाल आएकी गौतमले आजबाट सो जिम्मेवारी सम्हालेकी हुन् । टेलिभिजन व्यवस्थापनले गौतमलाई आज टिभीको कार्यालयमा भव्य स्वागत गरेको छ ।
गौतमले पनि आफूल पाएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्ने उल्लेख गरेकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्-“आजबाट prime times TV HD . को निर्देशकको जिम्मेवारी सम्हालेको छु । मेरो ज्ञान, सिप र क्षमताको उच्चतम सदुपयोग गर्दै टेलिभिजनको व्यवसायिक सफलताको लागि आफ्नो भूमिकामा खरो उत्रिने प्रण गर्दछु । मलाई विश्वास गरेर यो जिम्मेवारी प्रदान गर्ने टेलिभिजन व्यवस्थापनप्रति आभारी छु । मेरो आफ्नो आफन्त, शुभेच्छुक र मित्रहरुको आर्शिवाद मप्रति सधैं रहने विश्वास पनि लिएकी छु । आफ्नो स्थापनाको छोटो समयमा नै टिभीले एउटा बेग्लै खालको सफलता हाँसिल गरेको सर्वविदितै छ । टिभीलाई सफलताको थप उचाईमा पुर्याउनको लागि मेरो सकारात्मक योगदान रहने विश्वास दिलाउँदछु । धेरै-धेरै-धन्यवाद ।”