काठमाडौं, २५ असोज । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४२ पैसा र विक्रिदर १३२ रुपैयाँ २ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५८ पैसा र विक्रिदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ७० पैसा र विक्रिदर ९६ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ ।