भक्तपुर, असोज २५ । नेपाली कांग्रेस भक्तपुरले जिल्ला प्रचार शाखा बिस्तार गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) तथा नियमावली २०७६ को नियम ४८ (५) बमोजिम गत चैत्र ३ गते गठन गरेको प्रचार शाखालाई सोमवार बिस्तार गरेका हुन ।
सभापति थापाले पार्टी जिल्ला समितिका प्रवक्ता रविन्द्र प्रधानको संयोजकत्वमा प्रचार शाखा गठन गरेका हुन । सो शाखालाई बिस्तार गरी सह संयोजकमा सूर्यविनायक नगरपालिका–५ का रमेश खड्का, सचिवमा भक्तपुर नगरपालिका–१ का पवन भुजु र सह सचिवमा मध्यपुर थिमि–१ का जगतकृष्ण प्रजापतिलाई मनोनयन गरिएको छ ।
यसैगरी, सदस्यहरुमा मध्यपुर थिमिबाट केदार खड्का, पुरुषोत्तम खड्का, लक्ष्मी शोभा प्रजापति, सुजन पौडेल, भक्तपुर नगरपालिकाबाट किरण प्रजापति, रामगोपाल तमाखु, रञ्जु सापकोटा, चाँगुनारायण नगरपालिकाबाट राजेन्द्र बस्नेत, रोशन तिमल्सिना, कल्पना सुवाल, प्रदुभ्न पोखरेल र सुमना दाहाल (सोनु), सूर्यविनायक नगरपालिकाबाट शंकर तिवारी, कृष्ण शरण पौडेल, सुनिल तामाङ रहेका छन ।
शाखामा मनोनित पदाधिकारी र सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै सभापति थापाले प्रचार शाखाले आगामी निर्वाचनमा जिम्मेवारीपूर्ण कार्य गर्ने विश्वास व्यक्त गरे । उनले निर्वाचनका बेला नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवार विरुद्ध विपक्षी दलले विभिन्न खाले अफवाह पैmलाउने र झुठा प्रचार गर्ने तर्फ प्रचार शाखाले विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदैं त्यस्ता अफवाहलाई चिरेर अगाडि बढ्न निर्देशन समेत दिए ।
उनले प्रचारका नाममा कसैप्रति नकारात्मक प्रचार नगर्न, पार्टी र गठबन्धनका उम्मेदवारहरुले विगतमा गरेका सामाजिक, राजनीतिक कार्यहरुको सही ढंगले प्रचार गर्न सुझाव दिए ।