काठमाडौं, २५ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साहले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । उनले पार्टीका स्थायी समिति सदस्य साहले एमालेलाई सिंगो जिल्ला खाली गराउने षडयन्त्र गरेको आरोप पनि लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘उहाँले खल्तीमा टिकट राखेर ५ बजेपछि वारेस पठाएर एमालेमाथि गम्भीर धोका र बेइमानी भयो । उहाँले लामो समयदेखि संदीग्ध गतिविधि गरिरहनुभएको रिपोर्ट आएको थियो । उहाँको हिमचिम र भेटघाट अनि नियत खराब थियो । उहाँ सिंगै जिल्ला एमाले खाली गराउने षडयन्त्रमा हुनुहुँदो रहेछ ।’
लोसपा राष्ट्रिय पार्टी बन्ने सम्भावना समाप्त भयो
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० राष्ट्रिय दल हुन नसक्ने ठोकुवा पनि उनले गरे । ओलीले थपे, ‘महन्थजी कांग्रेसको पछिपछि लाग्नुभयो । हामीसँग १५, २० सिट माग्नुभएको थियो । त्यो सम्भव नभएपछि दुईचार सिटका लागि शेरबहादुर देउवाको ढोकामा धर्ना दिएर बस्नुभयो । उहाँहरुलाई बाध्यता वा दबाब थियो होला । तर लोसपाको राजनीतिक भविष्य समाप्त भयो । लोसपा राष्ट्रिय पार्टी बन्ने सम्भावना समाप्त भयो ।’ साथै ओलीले जसपासँग गठबन्धन नभईकन केही ठाउँमा तालमेल गरेको दाबी पनि गरे ।