Logo

गगन थापालाई प्रधानमन्त्री बनाउनको लागि म प्रस्तावक हुन्छु : विश्वप्रकाश शर्मा (भिडिओसहित)



काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनको लागि आफू प्रस्तावक हुने बताएका छन् । उनले आफूले आँफैलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नु व्यवहारिक नभएको स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,”यो देशलाई बनाउँछु भन्ने भावना, हृदयमा आगो र आँखामा सपना बोकेर हिँडेको गगन थापालाई प्रधानमन्त्री बनाउनको लागि म प्रस्ताव भएर उभिनेछु ।”

उनले अहिले निर्वाचनको बेलामा मात्रै आफूले यो कुरा नबोलेको स्पष्ट पारे । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका भीम रावललाई टिकट नदिएको सुनाए । तर, कांग्रेसमा भने हार्नेहरुसँग नै बसेर सभापति शेरबहादुर देउवाले टिकट वितरण गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्