काठमाडौं, २५ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)का नेता भीम रावलले ‘संदिग्ध नेता’ प्रभु साहलाई कसले पालेको भनी प्रश्न गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले साहले केही समय अघि देखिनै संदिग्ध गतिविधि गरिरहेको बताएपछि रावलले ओलीमाथि प्रश्न तेर्साएका हुन् ।
नेता रावलले सामाजिक सञ्जालमा ट्विट गर्दै संगिग्ध र हरियो सर्पलाई माथि चढाउने र रंगिबिरंगी सर्पलाई पार्टीभित्र हुर्काइँदैछ भन्ने बारे पनि स्पष्ट पार्नूपर्ने समेत माग गरेका छन् ।
उनले ट्विट गरेका छन्,‘प्रभु साहाको ’विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो।’संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ’संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?’
प्रभु साहाको 'विद्रोह' बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।'हरियो सर्प' भनेको पनि आयो।'संदिग्ध र हरियो सर्प'लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं 'संदिग्ध र रंगिविरंगी सर्प' किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) October 11, 2022