Logo

जसपा र लोसपामा पनि पुरानै अनुहार



काठमाडौं, असोज २६ । जनता समाजवादी पार्टी (जसपा)ले देशभर ८१ क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको छ। उसले मधेस प्रदेशमा मात्रै १७ सिटमा उम्मेदवारी दिएको छ। जसपाले मधेस प्रदेशमा उम्मेदवारी दिएकामध्ये २ जनाले पहिलो पटक चुनाव लड्दै छन्।

पर्सा–२ मा सुरेन्द्र कुर्मी र सप्तरी–४ मा लालकिशोर यादवले पहिलो पटक उम्मेदवारी दिएका हुन्, बाँकी १५ उम्मेदवार पुरानै अनुहारका छन्। जसपाले ८१ मध्ये नेकपा (एमाले) सँग ५२ सिटमा तालमेल गरेको छ। ३५ सिट एमालेको भागमा र १७ सिट जसपाको भागमा परेको छ। तर मधेस प्रदेशबाहेक क्षेत्रमा मात्र जसपाले केही नयाँ अनुहारलाई स्थान दिएको छ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा ८ क्षेत्रमा उम्मेदवारी दिएको छ। जसमध्ये बारा–३ मा उम्मेदवारी दिएका लालबाबु सिंह मात्र पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। बाँकी ७ उम्मेदवार यसअघि मधेस प्रदेशका विभिन्न क्षेत्रबाट पटकपटक उम्मेदवार बन्दै आएका नेताहरू हुन्।

जसपा र लोसपाका अधिकतर नेताहरू पटकपटक चुनाव लड्दै आएका छन्। उनीहरूसँग लामो समयदेखि चुनाव लडेको अनुभव छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्