Logo

उम्मेदवारलाई आज नाम फिर्ता लिने र निर्वाचन चिह्न लिने मौका



काठमाडौं, असोज २६ । यही मंसिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज प्रकाशन हुने भएको छ ।

७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालय र ८८ निर्वाचन अधिकृत कार्यालयमा परेको सोमबार परेको उजुरीमाथि छानबिन गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

नामावलीमा नाम भएका कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज अहिले बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सक्नेछन् । त्यसपछि आज दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको तयारी रहेको छ । आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन । त्यसमा २ हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला रहेका छन् ।

प्रदेश सभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसै गरी ९ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा ८ सय ५८ पुरुष र ८५ महिला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्