Logo

आज बढ्यो सुनको मुल्य, चाँदीको कति ?



काठमाडौं, २६ असोज । नेपाली बजारमा आज सुनको मुल्य सामान्य अंकले बढेको छ । मंगलरबारको तुलनामा सुनको मुल्य २ सय रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ कामय भएको छापावाल सुन आज प्रतितोला ९४ हजार २ सय रुपैयाँ कामय भएको छ ।

यसैगरी, तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । चाँदीको मुल्य भने आज १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot