Logo

काठमाडौं–५ का जनताले पौडेललाई नेतृत्व सुम्पिनेमा आचार्य ढुक्क



काठमाडौं, २६ असोज । आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुर्व सांसद तथा बौद्धिक ब्यक्तित्व नरहरी आचार्यबाट शुभकामना ग्रहण गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेललाई भेटघाटको क्रममा आचार्यले विजयको अग्रिम शुभकामना दिएका थिए ।
भेटमा आचार्यले पौडेललाई काठमाडौं–५ का आम नागरीक बिबेकशिल, निस्ठावान र सचेत रहेको पनि जानकारी गराए ।

उक्त क्षेत्रका जनता परिवर्तन, सत्य, बिबेकपुर्ण न्यायको पक्षमा रहेको उल्लेख गर्दै सो क्षेत्रका जनताले पौडेललाई नेतृत्व सुम्पिने पनि उनले विश्वास दिलाए ।

आचार्यले युवा नेता पौडेललाई जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधै नागरीकको पक्षमा अडिग रहेर अगाडि बढन सल्लाह दिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot