Logo

लेनदेनमा विवाद हुँदा चक्कु प्रहार गरि हत्या



धनुषा, २६ असोज । हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सहिदनगर न.पा.१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका अजोधी सहनीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot