भक्तपुर, २६ असोज । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भएका ३५ वर्षीय राम बहादुर सुनारलाई बालिका बलात्कारको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित बालिकाकै कोठामा सुनारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।