Logo

चितवन-३ मा एमाले उम्मेदवार न्यौपानेले लिए उम्मेदवारी फिर्ता



काठमाडौं, २६ असोज । नेकपा (एमाले) का चितवन-३ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आज (बुधबार) एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको थियो ।

विद्युतीय माध्यम (इमेल) बाट आएको उक्त निवेदन निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको हो । एमालेले भने अब कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई सघाउने बुझिएको छ । तर, यसबारे एमालेले अहिलेसम्म निर्णय भने गरिसकेको छैन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारी र राप्रपाका विक्रम पाण्डेलगायतले उम्मेदवारी दिएका छन् । उता, कांग्रेसका नेता रविन कोइरालाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमालेको समर्थन आफूलाई रहने बताएका छन् । File Photo/ReportersNepal-Facebook/Source



प्रतिक्रिया दिनुहोस्