एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानले रोमाञ्चक बराबरी खेलेका छन् । बुधबार राति घरेलु मैदानमा भएको खेलमा इन्टरसँग ३-३ गोलको बराबरी खेलेसँगै बार्सिलोनाको नकआउट चरण प्रवेश गर्ने सम्भावना कठिन बनेको हो ।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा डेम्बेलेले एक गोल थपे । इन्टरको लागि निकोलो बारेला, लौटारो मार्टिनेज र रोबिन गोसेन्सले समान एक-एक गोल गरे । पहिलो हाफमा एक गोल भएको खेलको दोस्रो हाफमा पाँच गोल भएको हो । ४० औं मिनेटमा सेर्जियो रोबेर्टोको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा बास्टोनीको पासमा बारेलाले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए । ६३ औं मिनेटमा काल्हानोग्लुको पासमा मार्टिनेजले गोल गर्दै इन्टरलाई २-१ गोलको अग्रता दिलाए । ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-२ गोलको बराबरीमा ल्याएका थिए । ८९ औं मिनेटमा मार्टिनेजको पासमा गोसेन्सले गोल गर्दै इन्टरलाई जीतको नजिक पुर्याएका थिए ।
तर इन्जुरी समयको दोस्रो मिनेटमा गार्सियाको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३-३ गोलको बराबरीमा ल्याउँदै टोलीको हार टारेका थिए ।
बराबरीसँगै अंक बाढेका इन्टर ७ अंकको साथ समूह ‘सी’को दोस्रो स्थानमा रहेको छ भने पराजीत बार्सिलोना ४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।