काठमाडौं, २७ असोज । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
गत असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । Photo : Mukunda Kalikote