Logo

यस वर्षको एसईई चैत दोस्रो हप्ता हुने, रिजल्ट कहिले ?



काठमाडौं, २७ असोज । यस वर्षको एसईई चैत्र दोस्रो हप्ता हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो । नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

आवेदन फाराम छपाई र वितरण कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म गर्नुपर्ने छ भने गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, पुरक परीक्षा २०८० को साउन अन्तिम साता सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot