Logo

केपी ओलीमाथि खनिए भीम रावल, स्वेच्छाचारी र अन्यायपूर्ण काम गरेको आरोप (भिडिओसहित)



काठमाडौं, २७ असोज । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले आफूले जित्ने थाहा भएपछि र एकल रुपमा नाम सिफारिश हुँदापनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो बताएका हुन् । उनले आफूलाई पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न नदिएको आरोप पनि लगाए ।

उनले भने,‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ, मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो । एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्रपूर्वक रोक्ने काम भयो ।’ उनले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण ओलीले चुनावमा टिकट नदिएको टिप्पणी गरे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले अध्यक्ष ओलीमाथि संघिन आरोप लगाए । उनले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण आफू टिकट पाउनबाट बञ्चित भएको आरोप लगाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्