Logo

चितवनको युनाईटेड जुस प्लान्टमा आगलागी



चितवन । चितवनको एक जुस प्लान्टमा आगलागी भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित युनाईटेड वेभरेज प्रालिको पल्पी जुस प्लान्टमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेर १० मिनेटमा प्लान्टमा विद्युत सर्टभई आगलागी भएको थियो । आगलागी भएपछि ईलाका प्रहरी कार्यालय टांँडीको टोली, स्थानीय, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलको सहायतामा आगो निभाउने कार्यभईरहेको छ ।

हालसम्म आगो नियन्त्रणमा नआएको र थप खतरा नरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्