Logo

राजु गुरुङको रिटको सुनुवाई स्थगित



काठमाडौं, २८ असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको सुनुवाई स्थगित भएको छ । निवेदकका कानुन व्यवसायीले नै रिटको सुनुवाई स्थगित गराएका हुन् ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको उक्त पेशी आजलाई स्थगित भएको हो । सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको बैंकिङ्ग कालोसुचीमा नाम देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले सुचना निकालेर उनको उम्मेदवारी खारेज गरेको थियो ।

तर उनले भने अदालतमा विचाराधिन भएको मुद्दालाई आधार बनाएर प्रक्रिया नै पुरा नगरी उम्मेदवारी खारेज गरिएको भन्दै उजुरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्