Logo

आईएमई दशैँ अफर : पाँचौँ र छैटौँ हप्ताको विजेता घोषणा



काठमाण्डौं, २८ असोज । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले ल्याएको अफर अन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता घोषणा भएका छन् ।

‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक दशैँ अफर अन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

बिहीवार काठमाडौंको पानीपोखरीमा रहेको केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरिएको हो । कुवेत र संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फतपैसा पठाउने सेवाग्राहीहरू क्रमश ः सान्त्वना धोधरी र जीतमान गोम्बो तामाङ पाँचौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् ।

त्यस्तै, पदम कुमारी विक र किशोर तमाङ छैटौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले क्रमशः ओमान र मलेसियाबाट आईएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कम्पनीको अनुसार सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, सञ्जीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौँ हप्ताको लागि दैनिक विजेता छनोट भएका छन् । उनीहरूले क्रमशः ओमान, कुवेत, मलेसिया, यूएई, जापान र इन्डियाबाट आईएमईमार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए ।

त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैटौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरुले क्रमशः कुबेत, मलेसिया, बहराइन, अमेरिकाबाट नेपालमा रहनुभएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुने कम्पनीले जनाएको छ ।

आईएमई दशैँ अफर २०७९

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही स्किम सञ्चालन भइरहेको छ। अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रुपैयाँ दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यो अफर यही भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिन सञ्चालन हुनेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ’ड्र’ मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot