काठमाडौं, २८ आज । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीबाट निकालेको छ । पार्टीले दिएको टिकट होल्ड गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले पार्टीप्रति साहले गद्दारी गरेको निश्कर्ष निकालेर आज कारबाही गरेको छ। उनलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निकालेको हो । साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदावरी दिएका थिए। अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै साहलाई कारबाही गर्ने बताएका थिए ।
महासचिव शंकर पोखरेलले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह- इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह र सह-इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न रहेकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको छ।’ file photo