Logo

दुर्गा पौडेलसँग कुनै प्रतिस्पर्धा छैनः सूर्य थापा



काठमाडौं, २९ असोज । नेकपा एमाले प्युठानका प्रतिनिधिसभा उम्मेदवार सूर्य थापाले सत्ता गठबन्धनकी दुर्गा पौडेलसँग प्रतिस्पर्धा नै नहुने दाबी गरेका छन् ।
‘गठबन्धन बदनाम छ । निरन्तर खिइँदो, टाक्सिँदो छ । प्युठानको हकमा गठबन्धन एमालेलाई त्यति ठूलो चुनौती होइन । दुर्गा पौडेल २०७४ तिर एमाले, २०७९ मा कांग्रेसतिर ढल्केको मतदाताले रुचाएका छैनन् । उहाँलाई पहिले हामीले मानोमा मुरी मिसाइदिएको हो । तर चुनावपछि फर्केर कहीं मुख नदेखाएको भन्ने छ । उहाँ गठबन्धनको असाध्यै कमजोर र चुनौतीको घेराका रुपमा रहेको उम्मेदवार हो । हामीसँग उहाँको प्रतिस्पर्धा हुने स्थिति छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।
एउटा-दुइटा स्थानमा उम्मेदवारी दिन पार्टीेले देशको विकास गर्न नसक्ने पनि उनको टिप्पणी छ । उनले भने, ‘मेरो अठोट जनताको जीवन बदल्ने हो । प्युठानको हैसियत बदल्ने हो । सिंहदरबारले उपेक्षा गर्न नसक्ने ठाउँमा पुर्‍याउने हो ।’



प्रतिक्रिया दिनुहोस्