काठमाडौं, २९ असोज । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको लागि नारा तय गरेको छ । उसले ‘समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि’ भन्ने चुनावी नारा तय गरेको हो । हिजो (शुक्रबार) सम्पन्न भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो नारा तय गरेको हो ।
त्यस्तै, पार्टीले ३०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको अध्यक्ष ढकालले जानकारी दिएका छन् । हिजोको बैठकले अध्यक्ष ढकाललाई नेकपा एमालेसँगको सहकार्यमा सुर्य चिन्ह लिएर प्रतिनिधि सभाको समानुपातिक सदस्यको उम्मेदवार बनाउने निर्णयको अनुमोदन गरेको छ ।
यस्तै, प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन २०७९ मा सुर्य चुनाब चिन्हका उम्मेदवारहरु तथा नेकपा एमालेसंगको सहकार्यमा खडा भएका अन्य मित्र पार्टीका र स्वतन्त्र उम्मेदवारहरुलाई समेत समर्थन गर्ने निर्णय गरेको दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगीले बताए।
बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष ढकालले फेशबुकमा लेखेका छन्–
परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सम्पन्न
चुनाबी नारा : ‘समृद्ध नेपाल र सुखी नेपाली : सुर्यमा भोट यसपाली”
३०१ सदस्यिय “केन्द्रिय निर्बाचन परिचालन समिति गठन
२८ आश्विन २०७९, शुक्रबार। नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ। बैठकले नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाललाई नेकपा एमाले संगको सहकार्यमा सुर्य चुनाब चिन्ह लिएर प्रतिनिधि सभाको समानुपातिक सदस्यको उम्मेदवार बनाउने निर्णयको अनुमोदन गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७९ मा सुर्य चुनाब चिन्हका उम्मेदवारहरु तथा नेकपा एमाले संगको सहकार्यमा खडा भएका अन्य मित्र पार्टीका / स्वतन्त्र उम्मेदवारहरुलाई समेत समर्थन गर्ने निर्णय गरेको दलका बरिष्ट उपाध्यक्ष बिनोद डाँगीले बताए।
बैठकले सह-महामन्त्री तथा प्रबक्ता श्री रुपसिंह भण्डारीको संयोजकत्वमा तयार गरिएको “प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनमा नेपाल परिवार दलको अपिल” परिमार्जन सहित पारित गरेको छ।पारित गरिएको अपिलमा “समृद्ध नेपाल र सुखी नेपाली : सुर्यमा भोट यसपाली” लाई मूल नारा बनाईएको छ भने सबैखाले विभेदको अन्त्य गरि सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माणको खातिर सुर्यमा मत मागिएको छ।
बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७९ को तयारीका लागी महामन्त्री श्री सन्तोष कुमार पौडेलको संयोजकत्वमा ३०१ सदस्यिय “केन्द्रिय निर्बाचन परिचालन समिति गठन गरेको छ। उक्त समितिमा सम्पूर्ण केन्द्रिय सदस्य, सबै विभागीय प्रमुख, सबै जिल्ला अध्यक्ष पदेन सदस्य रहेका छन् भने अन्य थप सदस्यहरु पार्टीको भात्री संगठन तथा सुभेछ्चुक, बुद्धिजिबी, पिस फोर्स लगाएत वाट चयन गरिने उपाध्यक्ष डाँगीले बताए।
त्यसै गरि बैठकले नेपालीहरुको महान पर्वहरु बडा दशैँ, दिपावली, छट, नेपाल सम्बत् लगाएतको उपलक्ष्यमा सम्पूर्ण प्रदेशमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने जनाएको छ। बैठकले सह-महामन्त्री तथा सभासद मिलन कुमारी राजबंशी लाई “केन्द्रिय चुनाब प्रचार प्रसार समिति” को संयोजक नियुक्त गर्दै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन निस्पक्ष, धाधली रहित र शान्तिपूर्ण बाताबरणमा सम्पन्न गराउन नेपाल सरकारको ध्यानाकर्षण समेत गरेको छ।
बैठकले दलका सम्पूर्ण नेता, कार्यकर्ता, सुभेच्छुकहरुमा निर्बाचनको तयारीमा जुट्न आग्रह समेत गरेको छ।महामन्त्री प्रकाश बाबु थापाले एक बिज्ञप्ति जारि गर्दै बैठकका निर्णय सार्बजनिक गरेका छन्।