काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि संखुवासभाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेसँगै जिल्लावासीमा खुशियाली छाएको छ । नेता खड्का जिल्लाको समग्र विकासमा राजनीतिमा लागेदेखि नै सक्रिय छन् ।
उनले जिल्लाको हरेक सुख र दुःखमा साथ दिएका छन् । बोलेको कुरा पूरा गर्ने नेताको छवि बनाएका खड्का विकासप्रेमी नेताको रुपमा परिचित छन् । खड्काले यसपालिको निर्वाचनमा ‘समृद्ध संखुवासभा, सम्मानित संखुवासभाली’ भन्ने मूल नारा बोकेका छन् । उनी यतिवेला आफ्नो क्षेत्रमा चुनावी प्रचारमा व्यस्त छन् ।
मोटरसाईकलको पछि बसेर उनी जनताको घरदैलोमा पुगिरहेका छन् । सो क्षेत्रका जनताले पनि खड्काको उम्मेदवारीलाई लिए हर्ष व्यक्त गर्ने गरेका छन् । उनले जिल्लामा विकास निर्माणमा जोड दिने, भ्रष्टाचार हुन नदिने र सुशासन कायम गरिने एजेण्डा बोकेका छन् ।
उनले प्रत्येक घरमा खानेपानीको सुविधा पुर्याउने र युवाहरुलाई रोजगारी सिर्जना गर्ने आफ्नो एजेण्डा सुनाएका छन् । उनले भारत र चीनजस्ता ठूला मुलुकहरुको व्यवसायिक केन्द्र संखुवासभामा बनाउने र पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने पनि योजना सुनाएका छन् ।
https://www.facebook.com/100006661786788/videos/512669666963298