Logo

चुनावी घोषणापत्र लेख्न लाकुरीभञ्ज्याङ पुगेका ओली पिङमा मस्त



काठमाडौैं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी घोषणापत्र तयार पार्न व्यस्त छन् । झापामा आफ्नो उम्मेदवारी दिएर काठमाडौं फर्किएलगत्तै उनी निर्वाचनलक्षित गतिविधि र रणनीति बनाउन व्यस्त थिए ।

अहिले भने उनी पार्टीको चुनावी घोषणापत्र तयार पार्न आन्तरिक गृहकार्यमा जुटेका छन् । त्यसको लागि अहिले ओली ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन् । स्रोतकाअनुसार उनी लाकुरीभञ्ज्याङको टेरेस गार्डेन रिसोर्टमा पुगेका हुन् । सो क्रममा उनी आज उनले रिसोर्ट परिसरमै रहेको पिङ खेलेका छन् ।



प्रतिक्रिया दिनुहोस्