Logo

कुन्ती पोखरेलको ठोकुवा-अब राजसंस्था फर्कन्छ, नेपाल हिन्दूराष्ट्र पनि हुन्छ (भिडिओसहित)



काठमाडौं, २९ असोज । राप्रपाकी नेतृ एवम् काठमाडौं-२ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फकी उम्मेदवार कुन्ती पोखरेलले मुलुक अहिले अभिभावकविहीन भएको भन्दै राजसंस्था फर्काउनुपर्ने बताएकी छिन् । उनले मुलुकमा फेरि राजसंस्था फर्कन नसक्ने कुनै कारण नै नरहेको बताएकी छिन् ।

आज (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ पोखरेलले राजसंस्था देशलाई आवश्यक रहेको बताईन् । उनले अहिले नेपाल र नेपाली जनता अभिभावकविहीन भएको बताईन् । उनले मुलुकमा संघीयता असफल भएको पनि दाबी गरिन् ।

प्रदेश सरकारको औचित्य नै नभएको उनको भनाई थियो । उनले आफू युवालाई साथ दिन र उनीहरुको साथ लिनको लागि आफू संसदीय राजनीतिमा प्रवेश गरेको बताईन् । उनले मुलुकमा अब हिन्दूराष्ट्र पनि पूर्नस्थापना हुने दाबी गरिन् ।

उनले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरिन् । र, अब बन्ने सरकारको नेतृत्व पनि आफ्नो दलका अध्यक्ष राजेन्द्र लिङ्देन बन्ने सनसनीपूर्ण खुलासा गरिन् ।



प्रतिक्रिया दिनुहोस्