Logo

एसका नेता राजु गुरुङको रिट श्रेष्ठको इजलासमा



काठमाडौं, ३० असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

शुक्रबार निवेदकका कानुन व्यवसायीले नै रिटको सुनुवाई स्थगित गराएका थिए ।

सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको बैंकिङ्ग कालोसुचीमा नाम देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले सुचना निकालेर उनको उम्मेदवारी खारेज गरेको थियो ।

तर उनले भने अदालतमा विचाराधिन भएको मुद्दालाई आधार बनाएर प्रक्रिया नै पुरा नगरी उम्मेदवारी खारेज गरिएको भन्दै उजुरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्