Logo

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए झण्डा, श्रद्धान्जली दिन को को पुगे ? (तस्बिर हेरौं )



काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन् ।

जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,सस्कृति मन्त्री जीवनराम श्रेष्ठ, सभामुख अग्नि सापकोटा, नेता वामदेव गौतम, कलाकार मदनकृष्ण श्रेष्ठलगायत जोशीको पार्थिव शरिरलाई श्रद्धान्जली दिन पुगेका थिए ।

ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो ।

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आईतबार बिहान मृत्यु भएका जोशीको शरीर नजलाई मेडिकल अध्ययनका लागि राखिने भएको हो ।

ललितपुरस्थित किष्ट अस्पतालले उनको शरिर १०० वर्षसम्म कस्तो अवस्थामा थियो भन्नेबारे अध्ययन, अनुसन्धान गर्नेछ । जोशीले किष्ट अस्पताललाई मरणोपरान्त शरीर इच्छा दान गरेका थिए ।

Photo : Mukunda kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot