Logo

आजै जोशीको पार्थिव शरीर किष्ट मेडिकललाई प्रदान गरिने



काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ ।

उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिन लागिएको हो ।

आज निधन भएका जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय गरेको गृहमन्त्रालयलका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । मन्त्रालयले यस विषयमा निर्णय गरेर प्रहरी प्रधानकार्यालयमा पत्र पठाइएको समेत जानकारी दिए ।

जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो । उनको अनुुसार दिउँसो ४ बजे शोक सलामी दिने तयारी भइरहेको छ । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिने छ । जोशीको पार्थिव शरिर आज अन्तिम श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकामा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot