Logo

गोपालमानको नेतृत्वमा कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति गठन



काठमाडौं, ३० असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय परिचालन समिति गठन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्