Logo

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जनमत पार्टीले कात्तिक ४ गते बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने



जनकपुरधाम, असोज ३१ । निर्वाचनको एक महिना मात्रै बाँकी रहेको समयमा जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ ।

कार्तिक ४ गते धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वा बजार र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित बैरिया बजारमा जनमत पार्टीले बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको हो ।

बहुअर्वा बजारमा बिहान ९ बजे र बैरिया बजारमा दिउँसो २ बजे कार्यक्रमको आयोजना गर्न लागिएको जनमत पार्टीको धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार डा प्रसन्नकुमार झाले जानकारी दिए ।

दूबै कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा सिके राउत रह्ने उनले बताए । यसका साथै कार्यक्रममा धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार शम्भुनाथ साह र धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार रामबाबु साहको उपस्थिति रह्नेछ ।

यता धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार डा झाले धनौजी गाउँपालिकाका विभिन्न गाउँमा मतदाताहरुसंग मत माग्नका लागि घरदैलोका लागि पुगेका थिए ।

यसका डा झा साथै विदेह नगरपालिकाको इटहर्वा बजारमा निर्वाचनसंग सम्बन्धित आगामी रणनीतिको विषयमा आफ्ना दलका नेता कार्यकर्ताहरुसंग छलफल समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्