Logo

ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने रामहरि खतिवडाको दावी



काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् ।

चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै खतिवडाले यसपटक आफुले १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने दावी गरेका हुन् ।

नेपाली कांग्रेस एक भएको र गठबन्धन दलको मत समेत जोड्दा आफ्नो जितलाई कसैले रोक्न नसक्ने उनको तर्क छ । ‘विगत जस्तो कांग्रेसभित्र मनमोटाव छैन । हामीलाई गठबन्धन दलको पनि साथ छ ।’ खतिवडाले भने, ‘मैले ५ वर्षअघि ५ हजार हाराहारि भोटले हारेँ यो पटक दुवै प्रादेशिक निर्वाचन क्षेत्रबाट ६/६ हजार मतान्तर हुन्छ । १२ हजार भन्दा बढी भोटले चुनाव सजिलै जित्छु ।’

निर्वाचित सांसदले जनताको पक्षमा र जिल्लाको विकासमा काम गर्न नसकेका कारण आफुले सहज जित निकाल्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot