Logo

सर्लाहीको बाँके चोकमा बस दुर्घटना, २२ जना घाइते



सर्लाही, असोज ३१। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस आजबिहान ३ बजेतिर पूर्व–पश्चिम राजमार्गबाट श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटनामा परेको हो । बस अनियन्त्रित भइ सडको छेउमा पल्टिंएको छ । दुर्घटनामा घाइते यात्रुको लालबन्दी र बयलबासमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासले जनाएको छ ।

घाइते मध्ये बसका सह–चालक झापाको मेचिनगर नगरपालिका–७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था भने गम्भीर रहेको छ । पुरीलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रिफर गरिएको छ । चालक निदाएका कारण बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot