Logo

बबई र कर्णाली नदीमा दुई शव फेला



बर्दिया, ३१ असोज । बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ ।

ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेलामा सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।

यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्