Logo

मानवशास्त्री तथा समाजशास्त्री ओम गुरुङको निधन



काठमाडौं, ३१ असोज । नेपाल जनजाती महासंघका पुर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको आज ६८ वर्षको उमेरमा निधन भएको छ ।

गुरुङको सोमबार दिउँसो ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको परिवारले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराएका मानवशास्त्री तथा समाजशास्त्री गुरुङको जन्म बाग्लुङमा भएको थियो ।

अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिध गरेका गुरुङको एक छोरा, एक छोरी र श्रीमती छन् ।



प्रतिक्रिया दिनुहोस्