Logo

गोदावरी फूलको प्रदर्शनी विहिबारदेखि



काठमाडौं, कात्तिक १ । गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी पर्सि विहिबारदेखि सुरु हुने भएको छ ।

कात्तिक ३ देखि ६ गतेसम्म ललितपुरको जावलाखेलमा हुने प्रर्दशनी गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी हो । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुँदै आएको छ ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी हो । यसपटक भन्डै सुचना, प्रर्दशनी र व्यापारीक कक्ष लगायत प्रदर्शनीमा ६० वटा स्टल रहने छन् ।



प्रतिक्रिया दिनुहोस्