Logo

शान्ति सम्झौतामा गिरिजा र आफ्नो हस्ताक्षरको कुरा उठाउँदै प्रचण्डले गरे यस्तो टिप्पणी (भिडिओसहित)



काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौतामा दायाँतर्फ हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइराला महानायक र शान्तिनायक अनि बायाँतर्फ हस्ताक्षर गर्ने आफू कसरी खलनायक भएको भन्दै प्रश्न उठाएका छन् ।

उनले शान्तिसम्झौता सबैको योगदान भएको उल्लेख गरे । आज ललितपुरमा आयोजित सत्ता गठबन्धनको चुनाव परिचालन भेलामा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले नेपालमा एउटै हातले ताली बजेको हो र ? भन्दै प्रश्न गरे । उनले नेपालमा धेरै हात मिलाएर ताली बज्ने गरेको स्मरण गराए ।

उनले कोही पनि पुरातनपन्थी हुन नहुने जिकिर गरे । उनले आफूहरु संविधानको रक्षाको लागि यो गठबन्धन गरेर अघि बढेको सुनाए । उनले आफूहरुले संसद् विघटन गर्ने प्रवृत्तिलाई पराजित गरेको सुनाए ।

https://www.facebook.com/prachanda.nepal/videos/424411912991777



प्रतिक्रिया दिनुहोस्