काठमाडौं, २ कार्तिक । राप्रपाका प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बर्दिया-२ का उम्मेदवार विनय रावल अस्वस्थताका बावजुदपनि जनताको घरदैलामो व्यस्त छन् । हिजोमात्रै काठमाडौंमा उपचारपछि बर्दिया पुगेका रावल घरदैलोमा सक्रिय भएका हुन् ।
उनको देव्रे खुट्टामा चोट लागेको थियो । अहिलेपनि उक्त खुट्टामा ब्याण्डेज लगाईएको छ । समृद्ध बर्दियाको लागि योगदान पुर्याउँदै आएका रावल आफ्नो क्षेत्रको विकास र बर्दियाली जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् ।
उनी राजनीतिमा सक्रिय हुनुअघि समाजसेवामा आवद्ध थिए । २०७२ सालदेखि उनी समाजसेवामा आवद्व भएका थिए । उनले आफूले कुनैपनि सामाजिक कार्यमा कुनै पनि प्रकारको दलीय विभेद नगरेको पनि सुनाउने गरेका छन् ।
उनले आफू सो क्षेत्रको साझा उम्मेदवार बन्ने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् । उनले आफ्नो चुनावी प्रचारको क्रममा देशमा भ्रष्टाचार समाप्त गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पार्ने गरेका छन् । उनको पार्टीले पनि भ्रष्टाचार गरेर खानु, आमाको रगत खानुसरह हो भन्ने मान्यता लिएको छ ।