Logo

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन



काठमाडौं, कात्तिक २ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्न सूचना जारी गरेको छ ।

महानगरपालिकाको राजश्व विभागले सार्वजनिक गरेको सूचनामा महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएकोले ३० दिन भित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ । महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot