काठमाडौं, २ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गर्दै आएको नेकपाको महासचिवमा पुनः विप्लव चयन भएका छन् । विप्लव नवौं महाधिवेशनबाट सो पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
कपिलवस्तुको शिवगढीमा गत असोज २५ गतेदेखि सुरु भएको पार्टीको नवौं महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि समिति प िनचयन गरेको स्रोतले जनाएको छ ।