Logo

सिरहा–३ मा मैले जति काम र विकास कसैले पनि गर्न सक्दैन : लिलानाथ श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले सिरहा–३ मा प्रतिनिधिसभाको लागि आफ्नो जित सुनिश्चित् भएको दाबी गरेका छन् । प्राइम टिभीको चुनावी बहस कार्यक्रम ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

आफ्नो क्षेत्रको लागि आफूले ठूलो योगदान गरेको उनको भनाई थियो । सो क्षेत्रको कृषिमा आधुनिकीकरणको लागि पनि योगदान पुर्याउको श्रेष्ठको दाबी छ । उनले ०७० को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ मा जनताले आफूलाई जिताएपनि प्रचण्डले जितेको सर्टिफिकेट पाएको दाबी गरे ।

उनले आफूसँग चुनावी प्रतिष्पर्धामा उत्रिएका नेकपा (माओवादी केन्द्र) का नेता विश्वनाथ साहले सो क्षेत्रको विकासको लागि केही पनि काम नगरेको जिकिर गरे । उनले सो क्षेत्रको लागि आफूले जति काम र विकास कसैले पनि नगरेको र भविष्यमा पनि गर्न नसक्ने ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्