Logo

राजु गुरुङको रिटको सुनुवाई “हेर्न नभ्याईने” सूचिमा



काठमाडौं, २ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देही–२ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ मा परेको छ ।

उक्त रिट निवेदन न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । यसअघि अदालतले गुरुङको उम्मेदवारी यथास्थितिमा राख्न अल्पकालिन आदेश दिएको थियो । आज अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

तर, उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । गुरुङ नेकपा (एकीकृत समादवादी) बाट सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । उनको उम्मेदवारी कायम नै रहे एमालेका विष्णु पौडेलसँग चुनावी प्रतिष्पर्धा हुने भएको छ । file photo/reportersnepal

 



प्रतिक्रिया दिनुहोस्