काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय कार्य समितिले सदस्य पदमा तीनजनालाई मनोनित गरेको छ ।
क्षेत्रीय कार्य समितिका सभापति श्याम कुमार मौरतीले कांग्रेसको विधानको धारा ११/४ (ग) बमोजिम क्षेत्रीय कार्य समितिको सदस्य पदमा नेताहरु बैश गुरुङ, प्रकाश देवकोटा र बिमल भट्टराईलाई मनोनित गरेका हुन्।
‘नेपाली कांग्रेसको विधान, नीति, नियम बमोजिम नेपाली कांग्रेसलाई अझ उचाईमा पुराउने कार्यमा सहयोगको अपेक्षा गर्दुछु ।’ सभापति मौरतीले मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ ।