Logo

हामी जनतालाई कन्भिन्स गर्छौं, विपक्षीहरु कन्फ्युजन बनाउँछन् : महेश बस्नेत



काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले विगतमा नेपालमा सञ्चालनमा रहेको दर्जनौं उद्योगहरु बेच्नेले नै अहिले पुनः देशको अर्थतन्त्र ध्वस्त बनाउँदै गरेको आरोप लगाएका छन् ।

एमाले सूर्यविनायक नगरपालिका वडा नं। ७ गुण्डूले आज (बुधबार) आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेसँगै अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको उल्लेख गरे ।

उनले भने,देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले लोन दिनसक्ने अवस्था छैनन् । कार्तिकदेखी बैंकले व्यापदर समेत १८ प्र्रतिशत सम्म पुर्याउने अवस्था बनेको छ । हिजो उद्योग बेन्नेले नै अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् ।’

२०५४ सालमा सूर्य उदाएको गुण्डू अब झलमल्ल हुने दावी गर्दै उनले गुण्डूमा एमालेले गरेको विकासले गर्दा विपक्षीले खासै गतिविधि गर्न नसकेको दाबी गरे ।
कांग्रेस जस्तो निषेधको राजनीति एमालेले नगर्ने उल्लेख गर्दै उनले एमालेले लोकतान्त्रिक विधि अवलम्बन गरेको बस्नेतको दाबी थियो ।

कांग्रेससँग हरेक ठाउँहरुमा दाँजिन तयार रहेको उल्लेख गर्दै उनले सामाजिक न्याय र समानताको लागि एमाले अग्रणी रहेको बताए । आगामी दिनमा आधुनिक नेपाल निर्माणको नेतृत्व एमालेले गर्ने उल्लेख गर्दै उनले अब भक्तपुरले सिंहदरवार जोड्न नभई नेतृत्व गर्ने दाबी गरे ।

भक्तपुरमा एमाले ब्राण्डेड पार्टी रहेको उल्लेख गर्दै उनले भक्तपुरमा एमालेले गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन आएको दाबी गरे । उनले भने,हामी जनतालाई कन्भिन्स गर्छौ तर विपक्षीहरु कन्फ्युज बनाउँछन् । एमालेले भक्तपुरमा गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन गएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot