Logo

तराईको जिल्ला भए पनि सिराहा गरिबीमा कर्नालीजस्तै छः लीलानाथ श्रेष्ठ



काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका सिराहा ३ का उम्मेदवार लीलानाथ श्रेष्ठले सिराहालाई समृद्ध जिल्ला बनाउने सपना देखेर उम्मेदवारी दिएकाले आफ्नो जित निश्चित भएको बताएका छन् ।
‘तराईको जिल्ला भए पनि सिराहा गरिबीमा कर्नालीपछि दोस्रो छ । शिक्षामा पछाडि छौं । सिंचाइ र खानेपानीको समस्या छ । यी सबै समस्या समाधानका निम्ति मेरो उम्मेदवारी हो,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।
आफ्नो सांसद कार्यकालमा विकासका थुप्रै काम गरेको दाबी पनि उनले गरे । श्रेष्ठले थपे, ‘हामीले कृषिमा जोड दिएका छौं । मैले सांसदको बजेट कृषिमा लगानी गरें । यहाँ धान, माछा र तरकारी खेतीको अथाह सम्भावना छ । मैले झूटो बोलेको छैन, जे बोल्छु, त्यही गर्छु ।’
आफ्नै पहलमा मुलुकका ८० राजमार्गमध्ये चार वटा राजमार्ग पाउने सिराहा मात्र भएको पनि उनको दाबी छ । श्रेष्ठले सामुदायिक विद्यालयको मुहार फेर्न लागिपरेको पनि बताए । उनले भने, ‘मैले राष्ट्रपति विद्यालय सुधार कार्यक्रम ल्याएँ । वडावडामा सामुदायिक भवन बनेका छन् ।’



प्रतिक्रिया दिनुहोस्