Logo

दाङमा माओवादी परित्याग गरी युवाहरु एमाले प्रवेश, शंकर पोख्रेलले गरे गठबन्धनको आलोचना



दाङ, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसिएलका घोराही इन्चार्ज सुवास विक, वाईसिएलका घोराहीका उपाध्यक्ष रामचन्द्र केसीसहित १०० जना युवा एमालेमा प्रवेश गरेका छन् ।

घोराहीमा हिजो (बुधबार) एमाले दाङ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेल लगायत नेताहरूले स्वागत गरेको एमालेले जनाँएको छ ।

सो कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मुलुकमा आर्थिक सामाजिक विकासका माध्यमबाट समाज बदल्न चाहन्छ भन्दै त्यसका लागि पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने बताएका थिए ।

उनले देशका भविष्य युवाहरू हुन् भन्ने कुरामा पार्टी स्पष्ट दृष्टिकोण रहेको बताउँदै युवाहरूको भविष्य एमालेमा रहेको पनि बताए । वर्तमान गठबन्धन १४ महिना सरकारमा रहँदा मुलुकका लागि नोक्शानदायी बनेको चर्चा गर्दै महासचिव पोखरेलले असुरक्षा र स्वार्थको राजनीतिबाट बनेको गठजोडलाई आगामी निर्वाचनमा पराजित गर्नेपर्ने धारणा राखे ।

उनले भने,– ‘सत्ता गठबन्धन नीतिगत अन्यौलमा छ । नीतिगत स्पष्टता र नेतृत्व समेत अगाडि सारेर एमाले निर्वाचनमा होमिएको छ । प्रदेशमा प्रदेश सरकार र केन्द्रमा बहुमतको सरकार बनाउने गरी निर्वाचनमा जुट्नुपर्र्छ ।’



प्रतिक्रिया दिनुहोस्