Logo

नेप्सेमा झिनो अंकको गिरावट, ५० करोडमा कारोबार सिमित



काठमाडौं, ३ कात्तिक । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक १ दशमलव ३८ अंकले घटेर १८४४ दशमलव १४ विन्दुमा रोकिएको हो ।

शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ०९ अंकले बढेर ३६३ दशमलव ०५ विन्दु कायम भएको छ ।

आज २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँ बराबरको १५ लाख ४६ हजार ८५७ शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot